स्थापना दिवसमा घरदैलो गर्दै सहकारी शिक्षा प्रदान

२३ भाद्र २०७६, सोमबार ११:०७

सिधाखबर \ हेटौँडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवको अवसरमा घरदैलो कार्यक्रम गरेको छ । सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा आज सोमबार सहकारी शिक्षा, घरदैलो कार्यक्रम र सदस्यता वितरण कार्यक्रम गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए ।

सहकारी संस्थाले हेल्थपोष्ट मार्ग र राईटोलमा सहकारी शिक्षा र घरदैलो कार्यक्रम गरेको छ । टोल विकास संस्था वडा ६ का वडा समन्वय समितिका अध्यक्ष केशव धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, लेखासमिति संयोजक दिपन आचार्य, राईटोल टोल विकास संस्थाकी अध्यक्ष सुमित्रा राई लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारीहरुर शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । सहकारी संस्थाले भोली मंगलबार बार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*