विद्यार्थी संगठनलाई बाहिर राखेको भन्दै ध्यानाकर्षण पत्र

२३ भाद्र २०७६, सोमबार १९:४९

सिधाखबर \ नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाई समितिले क्याम्पस संचालक समिति र सभामा सहभागी भएकाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार भएको क्याम्पसको साधारण सभामा विद्यार्थी संगठनलाई बाहिर राखेर साधारण सभा गरिएको भन्दै संचालक समिति र सभामा सहभागीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस संयोजक सन्तोष चौलागाईद्वारा हस्ताक्षर गरिएको पत्रमा विद्यार्थी संगठनलाई बाहिर राखेर सभा गरेको र क्याम्पसको शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने उद्धेश्यले क्याम्पसमा भएका विकृतिहरु पुर्णरुपमा अन्त हुनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको संयोजक चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*