प्रदेश ३: लोक सेवा आयोग गठन विधेयक संसदमा पारित

निजामति कर्मचारी सेवा विधेयक आउने तयारीमा
२४ भाद्र २०७६, मंगलवार १६:०५

सिधाखबर \ प्रदेश ३ प्रदेश सभाले लोकसेवा आयोग गठनका गर्नका लागि बाटो खुलाएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक संसदबाट पारित गरि आयोग गठनको बाटो खुलेको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयक पारितका लागि प्रस्तुत गरि विधेयक सर्वसम्मत पारित भएको छ । प्रस्तुत गरिएको लोक सेवा विधेयक माथिको छलफलमा सांसद न्हुक्षेनारायण श्रेष्ठ र नरोत्तम वैद्यले यसलाई पर्याप्त छलफल गर्न नभएको भन्दै हतारमा पारित गर्दा यातायात ऐनको जस्तो समस्या झेल्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहन सुझाव दिएका थिए ।

त्यस्तै, सांसदहरु केशवराज पाण्डे र दिपक निरौलाले विधेयकले प्रदेशमा कर्मचारी भर्नाका लागि मार्ग प्रशस्त भएको भन्दै विधेयकको प्रशंसा गरेका थिए । उनले अब छिटै निजामति कर्मचारी सेवा विधेयक समेत आउने मुख्यमन्त्री पौडेलले बताए । अर्को बैठक भोली बुधबार दिउँसो २ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*