वरामद गरिएका लागुऔषध प्रहरीद्धारा नष्ट

३ सय ९२ किलो गाँजा सहित नाईट्रोभेट, फेनारगन, ब्युप्रोनोर्फिन नष्ट
२५ भाद्र २०७६, बुधबार १९:१८

मकवानपुर \ मकवानपुर प्रहरीले भदौ १ गतेबाट भदौ २० गते सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेक्स,ईट्रोभेट ,फेनारगन लगायतका अन्य लागु औषध सोमबार जलाएर नष्ट गरेको छ ।

मकवानपुर प्रहरीले बुधबार भिमफेदी गाउँपालिका वडा नम्बर १को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशडी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।

प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ३ सय ९२ किलो ८५५ ग्राम लागु औषध गाँजा नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल,लगायतका लागु औषध जलाएर नष्ट गरेको हो।

मकवानपुर प्रहरी प्रमुख,प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवन कुमार झा,पत्रकार, प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्ट, उपभोक्ता मञ्च मकवानपुरका सचिव नवराज कोइराला लगायत सरोकारवालाहरुको उपस्थितिमा उक्त लागु औषध जलाए नष्ट गरेको हो ।मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*