प्रदेश-३ चौंथो अधिवेशन सक्दा ४५ वटा विधेयक पारित (नाम सहित)

४५ विधेयक मध्येमा ३८ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण
२९ भाद्र २०७६, आईतवार १५:३९

सिधाखबर \ प्रदेश ३ को सरकारले प्रदेशसभाबाट हाल सम्म ४५ वटा विधेयक पारित भएको छ । प्रदेश सभा गठन भएदेखि प्रदेश सभाको वर्षे अधिवेशन सकिएसंगै चौथो अधिवेशन सकिदाँ सम्म ४५ वटा विधेयक दर्ता भएर ४५ वटै विधेयक पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । ४५ वटा विधेयक मध्येमा ३८ वटा विधेयक भने प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाणिकरण गरिसक्नु भएको छ ।

प्रदेश सभाको वर्षे अधिवेशन सकिएसंगै चौथो अधिवेशन सकिएको हो । प्रदेश सभाको चौथो अधिवेशनबाट भने १७ वटा मात्र विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए । चौथो अधिवेशनमा ७ वटा विधेयकहरु संसदमा दर्ता भएको सभामुख श्रेष्ठले बताए ।


यी हुन प्रदेश सरकारले पारित गरिएका विधेयकहरु

१) प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४
२) प्रदेश स्तरका केहि सार्वजानिक लिखत प्रमाणिकरण ऐन,२०७४
३) गाउँ नगर जिल्ला सभा सञ्चालन (कार्यविधि) सम्बन्धित विधेयक, २०७५
४) मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४
५) प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४
६) स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४
७) प्रदेश विनियोजन विधेयक, २०७५
८) मुख्यन्यायाधिवक्ताको काम,कर्तव्य, अधिकार तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
९) प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५
१०) प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
११) कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

१२) प्रदेश आर्थिक विधेयक, २०७५
१३) प्रदेश विनियोजन विधेयक, २०७५
१४) प्रदेश दुग्ध विकास वोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक
१५) प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१६) प्रदेश प्रशासकिय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१७) प्रदेश संस्था दर्ता सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक
१८) प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१९ ) प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२०) प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधेयक
२१) प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२२) प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक
२३) प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
२४) प्रदेश सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक
२५) प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी)

२६) प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२७) प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी)
२८) प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक
२९) प्रदेश स्तरका केहि सार्वजानिक लिखत प्रमाणिकरण ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
३०) कर र गैरकर राजस्व सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
३१) प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
३२) प्रदेश सुचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ( प्रमाणिकरण हुन बाँकी)
३३) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी)
३४) प्रादेशिक व्यापार व्यावसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी)

३५) प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
३६) कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
३७) प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक
३८) विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
३९) प्रदेश आर्थिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
४०) प्रदेश विनियोजन विधेयक, २०७६

४१) प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,२०७६
४२) सार्वजानिक निजी सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी
४३) प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक
४४) प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक
४५) प्रदेश लोकसेवा आयोगको गठन,काम,कर्तव्य,अधिकारर कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रमाणिकरण हुन बाँकी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*