बेलडाँडामा विश्व शान्ती र फुर्वा पुजा हुने

२ आश्विन २०७६, बिहीबार १७:२४

नेपालमा दिनप्रतिदिन बढिरहेको हत्या हिंसा जस्ता अशान्ती फैलाउने तत्वको निराकरणको लागि हेटौँडा–५ सानो पोखरा स्थित बेलडाँडामा यही असोज १५ गतेदेखी १८ गतेसम्म विश्व शान्ती पुजा साथै फुर्वा पुजा हुने भएको छ । विहिवार हेटौँडामा पत्रकार सम्मेलको आयोजना गर्दै नेपाल अहिन्सावादी बौद्ध धर्म विश्वशान्ती चक्र संघले पुजाको बारेमा जानकारी दिएको हो । पुजा मुल आयोजक समिती संयोजक डोल्मा स्याङ्बोले गुम्बाको भबन निर्माण तथा संरक्षणको उद्देश्यले जिग्तेन शिवा क्षेथार लिङ्ग बौद्ध गुम्बा बेलडाँडामा पुजा हुने जानकारी दिनुभएको छ ।

भारतको देहरादुनबाट आउने धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा हुने पुजामा १२ जना लामाहरुसहितको टोली र सोही गुम्बामा रहेको लामा आनिहरुले बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने अध्यक्ष स्याङ्बोले बताउनु भयो ।

असोज १४ गते साझा सम्म धर्म गुरु लगायत लामाको टोलि गुम्बामा आगमन हुने, असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन समारोहको रुपमा औपचारिक कार्यक्रम हुने बताइएको छ । त्यस्तै असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले जानकारी दिए । उक्त गुम्बामा विश्वशान्ति तथा फुर्वा पूजा पहिलो चोटी हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*