दिव्यज्योति आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

२ आश्विन २०७६, बिहीबार १७:३४

हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयको ४६ औं अभिभावक भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दे प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकीछन् । प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको सभाध्यक्षतामा भेला भएको थियो ।

भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, विद्यालयका संस्थापक प्रअ. हरि प्रसाद सिग्देल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, लायन्स शम्भु नकर्मी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यालय सुधारका निमित्त हेटौडा–४ निवासी संजय सिग्देलले २५ हजार, हेटौडा–१७ बस्ने युवा व्यवसायी नवराज न्यौपानेले २५ हजार र हेटौडा–१७ बस्ने समाजसेवी उदय विडारीले भौतिक संरचना बनाउनका लागि ढुङगा, गिटी र बालुवा ढुवानी गराउने प्रतिवद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*