प्रदेश ३ मा डेंगुबाट चार हजार संक्रमित

३ आश्विन २०७६, शुक्रबार ११:२२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश ३ मा तीन हजार ९ सय २९ जना डेंगु संक्रमित भएको पाइएको छ। मन्त्रालयका अनुसार साउनदेखि असोज १ सम्म सबैभन्दा धेरै प्रदेश ३ मा संक्रमित फेला परेका हुन्। डेंगुबाट मृत्यु हुनेको संख्या पनि प्रदेश ३ मै धेरै देखिएको छ। प्रदेश नम्बर ३ का जिल्लाहरु काठमाडौँमा २, सिन्धुपाल्चोक र चितवनमा १र१ गरी अहिलेसम्म चार जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। देशभर ६ जनाको मृत्यु भएको छ।

प्रदेश ३ का जिल्लाहरु काठमाडौंमा एक हजार ३३१, भक्तपुरमा २४६, ललितपुरमा २३१, काभ्रेपलाञ्चोकमा १४, धादिङमा ४६, मकावनपुरमा ७८३, चितवनमा एक हजार २३७, नुवाकोटमा १३, रसुवामा एक, सिन्धुली सात, रामेछाप १०, सिन्धुपाल्चोक तीन र दोलखा जिल्लामा ६ जना डेंगुको संक्रमित फेला परेका छन्। डेंगु निययन्त्रण गर्न सरकारले खोज र नष्ट गर अभियानका सुरु गरेको छ। तीन तहका सरकारले उक्त अभियान चलाइरहे पनि संक्रमण नियन्त्रण हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभामा डेंगुको सरकारले देशमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था सिर्जना नभएको प्रतिक्रिया दिएका छन्।

यस्तै, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल पनि प्रदेश ३ मा डेंगुको प्रकोपबाट डराउन पर्ने कुनै अवस्था नभएको बताउँछन्। ‘केही जिल्लामा बढी नै यसको संक्रमण देखिएको छ,’ उनले भने, ‘प्रकोप बढ्दै गएकाले नै नियन्त्रणका लागि प्रदेश सरकारले जागौं र लागौं अभियान थालनी गरेको छ।’ प्रकोप नियन्त्रण गर्न सरकारले निःशुल्क उपचार गर्ने बताएको भए पनि अझै कार्यान्वयन भएको छैन। थाहा खबरमा प्रकाशित समाचार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*