सहकारीकर्मीलाई संरक्षित पुँजी फिर्ता कोषबारे अनुशिक्षण

१३ आश्विन २०७६, सोमबार १७:०४

सिधाखबर \ हेटौंडामा आज मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारीका व्यवस्थापक तथा संचालक समितिका प्रतिनिधिलाई संरक्षित पुँजी फिर्ता कोष र सम्पती शुद्धिकरण निवारण बारे एक दिने अनुशिक्षण कार्यक्रम भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको प्रमुख अतिथ्यता रहेको थियो ।

सहकारी ऐन २०७४ को परिच्छेद -१०, दफा-६९ ले संरक्षित पुँजी फिर्ता कोषको अनिवार्य व्यवस्था गरेको छ र सहकारी नियमावली २०७५ को परिच्छेद- ६ को नियम- २५को व्यवस्थाले संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धी व्यवस्था बारे नेफ्स्कुनका वरिष्ठ अधिकृत तथा प्रशिक्षक केशब प्रसाद दाहालले अनुशिक्षण कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कुन मकवानपुर फिल्ड उपसमितिका सदस्य राजु गौतम, विरेन्द्र प्रसाद ढुङ्गाना, विजय बहादुर बस्नेत, इन्र्चाज ज्योती महत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम उपसमिति सदस्य कल्पना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*