प्रहरी दिवसको अवसरमा हेटौंडामा रक्तदान

१३ आश्विन २०७६, सोमबार १७:२७

हेटौंडा \ ६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

६४ औ प्रहरी दिवसको अवसर पारेर ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रहरी निरीक्षक देव राज काफ्लेले जानकारी दिएका छन्। ३नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले ब्लड व्याग दिएर कार्यक्रम उदघाटन गरेका थिए।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, दंगा प्रहरी नियन्त्रण गणका प्रहरी उपरीक्षक कृष्ण बहादुर पुलामी मगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी उपरीक्षक अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष सालिकराम पुडासैनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिबिष्णु ढकाल लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा १सय ६ जनाले रक्तदान गरेका थिए। त्यसैगरी ६४ औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सह-आयोजनामा जिल्लाका विभिन्न स्थानमा रहेको मन्दिर परिसरको सरसफाई गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*