बचत तथा ऋण संघको शुभकामना आदानप्रदान

१५ आश्विन २०७६, बुधबार १५:३६

सिधाखबर \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले आज बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बचत संघकमा आवद्ध रहेका विभिन्न प्रारम्भिक संस्थाका अध्यक्ष व्यवस्थापकहरुको सहभागितामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सदस्य बद्री प्रसाद लम्सालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहकारी संस्थाहरुले आफ्नो हाल सम्म भएका प्रगतिको समिक्षा समेत गरिएको थियो ।

संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, संघका लेखा संयोजक पूर्ण बहादुर खनाल, जिल्ला सहकारी संघका कोषाध्यक्ष मेनुका दाहाल, ग्रामिण महिला सेवा केन्द्रका अध्यक्ष लक्ष्मी मोक्तान, नेफ्स्कुनका मकवानपुर फिल्ड उपसमितिका सदस्य विरेन्द्र प्रसाद ढुङ्गाना, संघका सचिव कल्पना श्रेष्ठ, उपाध्यक्ष मञ्जु थिङ, सञ्चारकर्मी श्रीराम अर्जुन, संघका व्यवस्थापक सुुमित्रा कुमारी वाईवा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*