राक्सिराङबाट १सय २२ किलो गाँजा सहित एक जना पक्राउ

३ कार्तिक २०७६, आईतवार १६:२०

हेटौंडा \   मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एक जानलाई पक्राउ गरेको छ ।   प्रदेश ३ प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ सय २२ किलो १०० ग्राम लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गरी उक्त परिणामको गाजा सहित  राक्सिराङ गाउँपालिका १ बस्ने  ३३ बर्षीय को प्रकाश मोक्तानलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले मोक्तानले आफ्नो घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा ६ वटा सेतो रङको बोरामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा सहित निजलाई पक्राउ गरेको जानकारी दिए ।

मोक्तानलाई नियन्त्रण लिइ आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*