आज देखी देशभर‘मिस्टर नेपाली’प्रदर्शनमा

२९ कार्तिक २०७६, शुक्रबार १३:५८

चलचित्र ‘मिस्टर नेपाली’ शुक्रबारबाट भनौ आज देखी देशभर प्रदर्शनमा आएको छ । लामो समय छोरा अनमोल केसीको करिअर बनाउन अभिनयबाट दूरी बनाएका भुवन केशीले यो चलचित्रमा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गरेका छन् । चलचित्रमा उनले दोहोरो भूमिका निभाएका छन् । भने, एउटा चरित्र नेगेटिभ रहेको बताईएको छ ।

देव भुषालको लेखन तथा निर्देशन रहेको ‘मिस्टर नेपाली’ मा भुन केशी,रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल लगाएतका कलाकारअरुको अभिनय रहेको छ । यो चलचित्रबाट नायकमा साहिल श्रेष्ठ र नायिकामा कुसुम राउतले डेब्यू गरेका छन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा यो चलचित्र निर्माण भएको चलचित्रका निर्माता प्रेम राजा दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*