सामुदायिक वनको पक्षमा तिन तह सरकारनै नरहेको : अध्यक्ष पाठक

करको मारमा सामुदायिक वन
१४ मंसिर २०७६, शनिबार १७:०९

सिधाखबर \ सामुदायिक वनको विपक्षमा तिन तहको सरकार रहेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रीय अध्यक्ष भारती पाठकले बताईन्, । सरकारले जनताको अधिकार रहेको वन क्षेत्र आफ्नो कब्जामा लिने तयारी रहेको बताईन्, ।

मकवानपुरगढी ५ रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पाठकले वन समूह समुदायमा सेवा दिने संस्था रहेकोलेतिन तह सरकारले तल्लो तहको सेवा प्रदान दिनुपर्ने बताईन्, । वनलाई विभिन्न करहरु लगाएर वन क्षेत्र माथी आतंक मच्चाएको बताईन्, । सरकार संग वनको अभिलेखिकरण नै छैन बाहिरी काठ विक्रि वितरण भएको रेर्कडनै नरहेको आरोप लगाईन्, । उनले २÷४ वटा उपभोक्तालाई विक्री गरेको भने राखिएको हुन्छ ।

सरकारले करको कुराले वन क्षेत्रमा समस्या रहेको छ । संघीय सरकारलाई १५ प्रतिशत, प्रदेश लाई १० र स्थानियलाई १० प्रतिशत कर बुझाउनुपर्ने अवस्था रहेको छ । त्यसमा पनि पानभ्याटमा १३ प्रतिशत रहेको छ । यस्ता करले गर्दा अब हामी कडा रुपमा प्रस्तुत भई आन्दोलन गर्नुपर्ने बताईन्, । अध्यक्ष पाठकले सामुदायिक वन भनेको काठ मात्र होइन आयआर्जन तर्फ लाग्नुपर्ने बताइन्, । वनबाट उद्यम तिर लागि महिलाहरुमा शसक्तिकरण जोड दिन आग्रह गरिन्, ।

कार्यक्रममा बोल्दै वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरेले भोलीको भविष्य हेरेर वन जोगाउन लाग्न आग्रह गरे । वडाले हरीयाली रोडको परिकल्पना रहेकोले नर्सरी गरि सडकको दायाँबायाँ विरुवा रोप्न बजेट रहेको बताए । वनको उपयुक्त स्थान हेरी पिकनिक ठाउँ बनाउने र आन्तरिक पर्यटन वृद्धि गरि वनको आयस्रोत बढ्ने बताए । केन्द्रीय सरकारको सहकार्यमा वन ऐन कानुन बनाउने तयारीमा रहेकोले उपभोक्ताको हितमा रहि कार्यसम्पादन गरिने उनले बताए ।

सभामा बोल्दै फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले वन क्षेत्रमा अहिलेको ठुलो समस्या भनेको सरकारले लगाएको कर रहेको बताए । समुदायमा रहेर काम गर्ने संस्थाको रुपमा वनमा करले गर्दा चपेटामा रहेको बताए । उनले वैज्ञानिक तरिकाले सबै रुख ढाल्न पाउने तर ढलेका रुख काट्न पाइदैन । यस्ता नीतिले सरकारले भनेको समृद्धि नेपाल यस ढङगले कदापि नआउने बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव डिभिजन वन कार्यालय गढीका प्रमुख नवराज थापा, सालघारी सामुदायिक वनका अध्यक्ष मानबहादुर घलान, वनका पूर्व अध्यक्ष रामचन्द्र छत्कुली, वनका लेखा संयोजक इन्द्र बहादुर कार्की लगायतकाले आफ्नो भनाइ राखेका थिए । वनका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षमा सभा भएको थियो । सभामा उपभोक्ताका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने चारजनालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा प्रावितहका सन्देश अधिकारी, निमाविका चारुमति दुलाल, माविका सुजन चौलागाई र उमाविका संचिता चौलागाई रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*