राष्ट्रपतिद्धारा सागको उद्घाटन ५ बजे

१५ मंसिर २०७६, आईतवार १६:२०

काठमाडौं \  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।

उदघाटनमा सातवटै देशले मार्चपास गर्नेछन् भने नेपालसहित सहभागी राष्ट्रहरुबाट आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति रहनेछ ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजारभन्दा बढी उपस्थित हुने समारोह आयोजक समितिले जनाएको छ । उद्घाटन समारोह ३ घण्टाको हुनेछ । उद्घाटन सत्रको अभ्यास केही दिनदेखि नै चलिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*