पदमपोखरीमा नागरिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम

१६ मंसिर २०७६, सोमबार १८:२३

सिधाखबर \ अन्तर पुस्ता समानता,बलात्कार विरुद्धको एक्यवद्धता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्रा्ष्ट्रिय अभियान अन्तर्गत हेटौडा १२ पदमपोखरीमा नागरिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर एवं सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा महिला हिंसा विरुद्ध नागरिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
हेटौडा १२ महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको भवन परिसरमा भएको कार्यक्रममा महिला हिंसा अन्त्यका बारेमा विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछानेको सभाध्यक्षता भएको कार्यक्रममा प्रदेश ३ का प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह,हेटौडा १२ का वडा अध्यक्ष ललित घलान,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख अरुण कुमार कुशवाह, ग्रामिण महिला सेवा केन्द्रकी सचिव अचला शर्मा,हेटौडा उपमहानगरपालिकी महिला तथा बाल विकास शाखाका सरिता अधिकारी, महिला सेवा साकोसका अध्यक्ष यसोदा पराजुली, सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल, उपभोक्ता मञ्च नेपाल मकवानपुरकी सदस्य बिमला थिगं लगाएतको उपस्थिति रहेको थियो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा सामुदायिक सेवा केन्द्रकी सचिव रमिला सोपकोटाले आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन्, भने एसएसपी किशोर कुमार दाहालले लैंगिक हिंसा र साइवर क्राइमको विषयमा र मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सामुदायिक सेवा केन्द्र मकवानपुरका सदस्य कपिल अर्यालले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*