२५ मंसिर २०७६, बुधबार १२:०८
October 1, 2020

टिपरले किच्दा गढि ४ मा एकको मृत्यु

२५ मंसिर २०७६, बुधबार १२:०८

हेटौंडा \  मकवानपुर गढी गाउँपालिका ४ मक्रान्चुली नजिक टिपरले किच्दा एक जनाको मृत्यु भएको छ।

मंगलबार राति गढि गाउँपालिका ४ स्थित मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ३६५५ नम्बरको टिपरले किच्दा स्थानिय दिपक पाख्रिनको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दिपकको मुत्यु भएपछि स्थानिय टिपरम सामान्य तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए । घटनास्थलमै वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, प्रहरी निरीक्षक पवन कुमार झा सहितको टोली पुगेर भिडलाइ नियन्त्रण लिएको थियो । ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*