सोनाम ल्होसारमा पदमपोखरी ठुलथलीमा साँस्कृतिक कार्यक्रम हुने

१३ पुष २०७६, आईतवार १५:१३

सिधाखबर \ हेटौँडा १३ पदमपोखरी ठुलोथलीमा रहेको गुम्बा डाँडामा सोनाम ल्होसारको अवसरमा तेस्रो बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी माघ १२ गते कार्यक्रम हुन लागको बारे आज हेटौंडामा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी दिइएको थियो ।

आयोजक मुल समारोह समितिकी संयोजक संगिता बल वाईबाले तामाङ समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने र गुम्वाडाँडालाई पर्यटकीय स्थल बनाउनको लागि कार्यक्रम गर्न लागेको बताईन्, ।

विभिन्न उपसमितिहरु ग्ठन गरि कार्यक्रमको लागि तयारी गरिरहेको उनले बताईन्, । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रममा देशका चर्चित कलाकारहरु विशाल कल्तान तामाङ, जितु लोप्चन, प्रकाश लामा र स्थानीय कलाकार शुशिल थिङ, धिरेन लामा तथा महेन्द्र मोक्तान लगायतले विभिन्न साँस्कृतिक प्रस्तुती दिने संयोजक वाईबाले बताइन् ।

कार्यक्रममा करिब ३ लाख रुपैँया खर्च हुने कार्यक्रममा ५० वटा खानाको स्टलहरु रहने संयोजक वाईवाले बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*