वडा अध्यक्ष कप भलिबलमा जागरण टोल विकास विजयी

१९ पुष २०७६, शनिबार १९:१०

सिधाखबर \ टोलविकास संस्थाहरुबीच टोल विकास संस्था स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा जागरण टोल विकास संस्था विजयी भएको छ ।

विजयी संगै संस्थाले नगद १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको उपविजेता भने सातधारा टोल विकास संस्था रहेको छ । सात हजार पाँच हजार नगद सहित ट्रफि, मेडल प्राप्त गरेका छन्, । फाइनलमा पुगेका जागरणले सातधारालाई साझोसेटमा २५:२० २५:१६ २५:१४ ले पराजित गरेका थिए ।

१६ वटा टोल विकास संस्थाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । सेमिफाइनलमा पुगेका क्याम्पाडाँडा र जागरणबीचको खेलले जागरणलाई फाइनल सम्म पुराएको थियो । भने बस्तीपुरटोल विकासलाई हराउदैं सातधारा फाइनलमा प्रवेश गरेको थियो ।

हेटौंडा उपहानगरका उपप्रमुख मिना लामाको प्रमुख अतिथ्यतामा विजेतालाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष नरनाथ सुवेदी वडा सदस्य ईन्दिरा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुबासचन्द्र कंडेल, विद्यालयका प्रअ प्रवोध विडारी, समाजसेवी शालिकराम अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट खेलाडी सातधाराका सुजन अधिकारी, उत्कृष्ट डिफेन्ड सातधाराका सुदिप विष्ठ, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट रेजर , उत्कृष्ट सेटर जागरणका आकाश तितुङ, उत्कृष्ट ब्कलर जागरणका सफल चन्द्र कंडेल, उत्कृष्ट डिफेन्स साताधारा सुदिप विष्ठ, उत्कृष्ट स्ट्राइकर रोशन सिन्तान र उत्कृष्ट कोच जागरण विचार सिंह सिन्तानलाई ट्रफि प्रदान गरिएको वडा सचिव बसन्त सिटौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*