नेवाःताम्सालिङ नाम माग गर्दै हेटौंडामा विरोध प्रदर्शन

२३ पुष २०७६, बुधबार १६:२४

सिधाखबर \ मकवानपुरको हेटौँडामा प्रदेशको नाम नेवाःताम्सालिङ हुनुपर्ने भन्दै आज प्रर्दशन भएको छ। मकवानपुरमा रहेका विभिन्न जनजाती तथा आदीवासी संघ/संस्थाको आयोजनामा ¥याली आयोजना गरिएको थियो ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बाग्मती रहने भनि निर्णय गरेपछि चारैतर्फ नेवाःताम्सालिङ हुनुपर्ने भनि माग गर्दै आइरहेका थिए । हेटौंडाको बुद्धचोकमा भएको ¥यालीमा बाग्मती प्रदेश चाहिदैन, पहिचान मेट्न पाइदैन भन्ने नाराका साथ हेटौंडा परिक्रमा गरि प्रदेश सभा भवन अगाडी पुगेको थियो ।

मकवानपुरमा रहेका नेपाल आदीवासी जनजाती महासंघ र जातीय संगठनहरुले प्रदेश ३ लाई नेवाःताम्सालिङ घोषणा गर भन्दै नारा लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*