गढीमा महिला स्वास्थ्य शिविर, तिन जनामा देखियो क्यान्सर

२४ पुष २०७६, बिहीबार १८:२७

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा ५ भालुखोलामा रहेको श्रीकृष्ण मन्दिर परिसरमा निशुल्क महिला स्वास्थ्य शिविर भएको छ । नेपाल ज्योतिष परिषद् मकवानपुरको आयोजनामा भएको शिविरमा १७८ जना महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । परिक्षण गराएका मध्ये ३ जनामा समस्या देखिएको र ८७ जनामा पाठेघरमा मातृसुरक्षा ठिक छ कि छैन भन्ने परिक्षण गरिएको थियो । उपकरण अपुगका कारण १० जनालाई भने हेटौंडा अस्पतालमा निशुल्क परिक्षण गराइने आयोजकले जनाएको छ । शिविरमा महिलाको स्तन र पाठेघरको परिक्षण गरिएको थियो ।

परिषद्को २२ औं स्थापनाको दिवस पारेर स्वास्थ्य शिविर गरिएको परिषदका सल्लाहकार बासुदेब वत्सले बताए । नेपाल अर्बुद्धरोग निवारण संस्था मकवानपुरको सहकार्यमा बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट आउनुभएका स्त्री रोग विशेषज्ञहरुद्धारा परिक्षण गराइएको थियो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा सञ्चालन भएको स्वास्थ्य शिविरमा नेपाल अर्बुद्धरोग निवारण संस्था मकवानपुरका अध्यक्ष कापिला जोशी, निवारणकै केन्द्रीय कोषाध्यक्ष प्रकाश खतिवडा, अस्पतालका डा. अयोध्या पाठक, समाजसेवी कृष्ण प्रसाद सञ्जेल, नेपाल ज्योतिष परिषद् प्रदेश ३ का उपसचिव गोविन्द सञ्जेल, उज्जवल दुग्द उत्पादक सहकारी का अध्यक्ष विष्णु प्रसाद घिमिरे लगायत विभिन्न टोलविकास संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

परिषद्ले आजै १२ औं वार्षिक साधारण सभा समेत गरेको छ । सोही अवसरमा ज्यातिष प्रशिक्षण लिएकाहरुलाइ प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम स्थापना दिवस तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक बालकृष्ण घिमिरेको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*