प्रदेश ३ को नाम अब बाग्मती रहने

२७ पुष २०७६, आईतवार १२:२३

सिधाखबर \ प्रदेश ३ को प्रदेश राजधानी मकवानपुरको हेटौंडा भएको छ । प्रदेश सभामा आज भएको हेटौंडाको पक्षमा बहुमत ल्याई राजधानी तोकिएको थियो ।

राजधानी तोकिए पछि सभाको अर्को बैठकले प्रदेशको नामाकरणमा बहुमत ल्याई प्रदेशको नाम बाग्मती रहेको छ । सभामा एउटा मात्र नाम दर्ता भएकोले प्रदेशको नाम बाग्मती रहेको हो । प्रस्तावकको रुपमा रहेको प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सो प्रस्तावमाथी आफ्नो भनाई राखेका थिए । पृथ्वीनारायण शाहलाई सम्झदैं एकता दिवसको अवसरमा नामाकरण र राजधानी टुङ्गाएकोमा खुसी रहेको बताए ।

उनले प्रदेश ३ को नाम बाग्मती रहोस भनि सभामुख समक्ष प्रस्ताव पेश गरेका थिए । मतदान प्रक्रियामा बाग्मतीको पक्षमा १०८ मत रह्यो । ११० जना मध्ये १०८ जना सभामा उपस्थिती रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*