कक्षा अपग्रेडको लागि निर्माण ब्यबसायी दाहाल र राजबाहाकले गरे २५ हजार सहयोग

२७ पुष २०७६, आईतवार १५:४८

युवा समाजसेवी ब्यबसायी प्रभात दाहाल र निर्माण ब्यबसायी सञ्जीव राजबाहाकले हेटौँडा उपमहानगरपालीका वडा नम्बर १३ स्थित श्री युग चेतना नमुना आधारभुत विद्यालयको कक्षा अपग्रेडको लागि २५ हजार रुपैया सहयोग गर्नुभएको छ । नेपाली काग्रेश मकवानपुरका माहासमिति सदस्य एबं सल्लाहाकार समेत रहनु भएका दाहाल र निर्माण ब्यबसायी क्षेत्रका युवा ब्यबसायी राजबाहाकले संयुक्त रुपमा रकम सहयोग गर्नुभएको हो । हेटौँडा २ निबासी दाहाल र राजवाहकले विद्यालयका प्रधानाध्यापक राजु वर्तौैला,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्डुङ र विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तेजकुमार स्याङतानलाई आज विद्यालयमै पुगि नगद २५ हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

 रकम हस्तान्तरण कार्यक्रममा रेडियो थाहा सञ्चार हेटौँडाका स्टेशन म्यानेजर मणिराज गौतम, प्रदिप अधिकारी,युवा ब्यबसायी अमित शाहा तथा विद्यालयका शिक्षकहरुको उपस्थिति थियो । २०५३ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ५ सम्म अध्यापन हुँदै आईरहेको छ । आगामी शैक्षिक वर्ष २०७७ बाट विद्यालयमा कक्षा ६ मा अपग्रेड गरिने प्रधानाध्यापक वर्तौलाले बताउनु भयो । अहिले युएसआइडीको सहयोगमा १४ कोठे विद्यालयको भवन निर्माण कार्य चलिरहेकोले विद्यालयले अस्थायी रुपमा बनस्पति हेल्थपोष्टको भवनमा कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालय भवनको आगामी शैक्षिक सत्र २०७७ को वैशाख २१ गते निर्माण पक्षले हस्तान्तरण गर्ने उहाँले बताउनु भयो । बिध्यालयमा १ सय २३ जना बिध्यार्थीहरु अध्यानरतछन् । दाहाल र राजबाहकको नगद सहयोगले बिध्यालयमा ठुलो समस्या समाधान हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्डुङले बताउनु भयो । रकम हस्तानतरण गर्दै राजबाहाकले आफनो सानो सहयोगले बिध्यालयमा ठुलो समस्या समाधान हुने हुदाँ आफुहरुले सहयोग गरेको बताउनु भयो । उहाँले बिध्यालयका लागी आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*