बुद्धचित्त माला र रुद्राक्ष सहित ३ जना पक्राउ

२८ पुष २०७६, सोमबार १०:४८

सिधाखबर \ मकवानपुर प्रहरीले बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान सहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार मनहरी गाँउपालिका ७ मनहरी बजारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट भारत तर्फ जाँदै गरेको विआर ०१ पिएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कारका चालक भारत बिहार बस्ने वर्ष ३२ को मुन्ना यादव, कारमा सवार काभ्रे साविक तिमाल गा.बि.स. वडा नं. २ बस्ने वर्ष ४२ को जगत लामा तामाङ र तिमाल गा.बि.स. वडा नं. ६ बस्ने वर्ष ४२ को सुर्यमान तामाङ रहेका छन्, । उनीहरुलाई गाडी, बुद्ध चित्त माला र रुद्राक्ष सहित पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्बन्धीत कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*