नगर परिक्रमा गरि साग खेलका विजेतालाई हेटौंडामा नगद सहित सम्मान

२९ पुष २०७६, मंगलवार १८:४२

सिधाखबर \  बागमती प्रदेशको राजधनी हेटौंडामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सयुक्त रुपमा सागमा पदक विजेता १३ खेलाडी र ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाको परिसरमा भएको सम्मान कार्यक्रममा खेलाडितर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, कराँतेका महसुस मोक्तान, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, रजत पदक विजेता उसुकी शिलु डंगोल, बास्केटबलकी माया स्यांतान र निकेश मगर र हेन्डबलकी देवकुमारी बास्कोटा र कास्य पदक विजेता कराँते रिता कार्की, उसुका खेलाडी हरिप्रसाद गोले, खोखोका राजन बल, बक्सिङका पुरन राई र विकास लामालाई सम्मान गरिएको थियो ।

बक्सिङका मकवानपुर प्रशिक्षक लालबहादुर पौडेल, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक माधव कोइराला, फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

स्वर्ण विजेतालाई उपमहानगरपालिकाले १ लाख रुपैँया र समन्वय समितिले २५ हजार, रजत बिजेतालाई उपमहानगरपालिकाले ७५ हजार र समन्वय समितिले २० हजार, कास्य पदक विजेता खेलाडिलाई उपमहानगरपालिकाले ५० हजार र समन्वय समितिले १५ हजार रुपैँयासहित सम्मान गरेको थियो भने प्रशिक्षकलाई उपमहानगरपालिकाले २५ हजार रुपैँया र जिल्ला समन्वय समितिले ७ हजार रुपैँयासहित सम्मान गरेको थियो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल को प्रमुख अतिथ्यता रहेको थियो । दुबै प्रमुखहरुले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए कार्यक्रममा जिससकी उपप्रमुख भगवती पुडासैनी,हेटौँडा उपमहानगरपालिका उपप्रमुख मिना लामा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, उपमहानगरपालिकाका रामकृष्ण थापा, उपमहानगरका वडा अध्यक्ष तथा खेल संग सम्बन्धित प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*