दोस्रो रिभर साइड क्रिकेट फेस्टिबल-२०७६ हुदैं

१९ माघ २०७६, आईतवार १२:२३

सिधाखबर \  मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा दोस्रो रिभर साइड क्रिकेट फेस्टिबल २०७६ हुने भएको छ । यहि माघ २५ गते भीमफेदी गाउँपालिका वडा १ सामरी पुलको खेल मैदानमा फेस्टिबल हुन लागेको कार्यक्रम संयोजक अनुप सेनुरियाले बताए ।

फेस्टिबलमा ८ वटा समूहले सहभागिता जनाउने आज पत्रकार सम्मेलनमा जनाइएको छ । ५ ओभरमा खेलाइने खेलमा विजेता ३० हजार र उपविजेताले १५ हजार पुरस्कार समेत रहेको आयोजकले जनाएको छ ।

एउटा समूहमा ८ जना खेलाडीले सहभागिता जनाउन मिल्ने र प्रत्येक खेलाडी बापत एक हजार पाँच सय दर्ता शुल्क लाग्ने बताइएको छ । बनभोज सहितको कार्यक्रम रहेकोले खेलाडीलाई डे«सको समेत व्यवस्था रहेको छ ।

पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट सघका अध्यक्ष बासुलाल श्रेष्ठ लगायत एकेडेमीका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*