नव नियुक्त अध्यक्ष लामाद्धारा कवर्ड हललाई आर्थिक सहयोग

२३ माघ २०७६, बिहीबार १३:३७

सिधाखबर \ जिल्ला खेल्कुद विकास समिति मकवानापुरका नव नियुक्त अध्यक्ष सानू लामा दोङले हेटौंडामा निर्माण भइरहेको तेक्वान्दो खेलको कबर्ड हल निर्माणलाई रकम सहयोग गरेका छन्, ।

उनले नेपाल तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजी बज्रचार्यलाई निर्माण स्थलमा नै नगद १० हजार एक सय रकम सहयोग गरेका छन्, । खेलको विकासको लागि आफुले सहयोग गरेको बताए । आफु अध्यक्ष भए पछि खेल क्षेत्रको विकास र मकवानपुरबाट राष्ट्रिय खेलाडी उत्पादन गरि काम गर्ने बताए ।

सहयोग रकम लिए पश्चात अध्यक्ष लामालाई धन्यवाद दिदैं संघका अध्यक्ष बज्रचार्यले देशविदेशमा रहनुहुने खेलप्रेमीहरुले मनबाट सहयोगको अपेक्षा राखेको बताए ।

करिब ६० जना अट्ने क्षमताको कर्वड हल ३२ मिटर चौडाई र ४५ मिटर उचाईको हुनेछ । कर्वड हलसहित महिला–पुरुष खेलाडीको चेञ्जिङ रुम, शौचालय, बाथरुम लगायतका संरचना निर्माण हुनेछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*