बागमती प्रदेश सरकारको दुई वर्ष पुरा

दुई वर्षमा साना/ठुला योजनाका काम भए : मुख्यमन्त्री पौडेल
२९ माघ २०७६, बुधबार १९:०५

सिधाखबर \ बागमती प्रदेश सरकारले आफ्नो दोस्रो स्थापना दिवसका मनाइएको छ । प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुईवर्षको बीचमा धेरै खालका महत्वपूर्ण काम गरेको बताए । प्रदेश सरकारले परिवर्तन संभव छ भन्नेकुरा देखाएको उनले बताए ।

हामीले यो बीचमा प्रदेशको नामाकरण र स्थान राख्ने महत्वपूर्ण काम गरेको बताए । उनले साग विजेता खेलाडीको सम्मान गर्दै खेल क्षेत्रका कारण देश विदेशमा नेपाललाई चिनाएकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै सभामुख सानुकुमार श्रेष्ठले दुई वर्ष पूर्ण चुनौतीपार गर्दै हल समेत गरेको बताए । हाल सम्म ५१ वटा विद्येयक दर्ता भएको र जस मध्ये ४८ वटा पास भएको ८ वटा संशोधन गरिएको बताए । केहि विद्येयक बाझीएकोले कार्यान्वयन गर्न समस्या रहेको बताए । प्रदेश सरकारलाई सुशासन र दीगो विकासमा लैजानको निम्ति सबैको भूमिका अहम रहेको बताए ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव तथा सचिवहरु, प्रदेश सांसदहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर तयार पारेको स्मारिका प्रदेश प्रमुखले विमोचन गरेका थिए ।

प्रदेशको मन्त्रिपरिषद्को वैठकले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलका विभिन्न विधाका प्रदेशका १३ जिल्लाका स्वर्ण,रजत र कास्य विजेता खेलाडीलाई क्रमश १ लाख, ५० हजार र २५ हजार नगद सहित सम्मान गरिएको थियो ।

सरकारले सोही अवसरमा व्यक्ती, पदाधिकारी तथा संस्थागत सम्मान पनि गरेको थियो । प्रदेश भित्रका उत्कृष्ट २० जना कर्मचारी, युवा नवप्रवर्तन तर्फ प्यारामोटर निर्माण गर्ने राप्ती नगरपालिकाका सरोज चेपाङ, राससका रिपेश दाहाल लाई सम्मान गरिएको थियो ।

उत्कृष्ट स्थानिय तहमा गाउँपालिका तर्फ सैंलुङ गाउँपालिका दोलखा, कालिका गाउँपालिका रसुवा र हरिहरपुरगढी गाउँपालिका सिन्धुली रहेको छ भने नगरपालिका तर्फ माडी नगरपालिका चितवन र पाँचखालनगरपालिका काभ्रेपलाञ्चोक लाई सम्मान गरिएको थियो ।

सामाजिक सेवा तर्फ मानव सेवा आश्रम मकवानपुरलाई,सहकारी प्रवद्र्धधन तर्फ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,साँस्कृतिक समूह तर्फ जनप्रगति ब्राह्मण नौमति बाजा टोली मकवानपुरगढी, आदिवासी जनजाती साँस्कृतिक समूह तर्फ धिमाल जाती झाँकी समूह हेटौंडा १८ लाई सम्मान गएिको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*