मकवानपुरगढी-२ मा जीपलाइन सञ्चालन हुदैं

२९ माघ २०७६, बुधबार २०:१९

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा २ तल्लाखर्कमा जीपलाइन सञ्चालनमा आउने भएको छ । यही फागुन २ गते शुक्रबारबाट सञ्चालन सुरुवात गरिने सञ्चालक रवि कुमार श्रेष्ठले बताए ।

भ्रमण वर्ष २०२० लक्षित गरि मकवानपुर जिल्लामा नै पहिला पटक जीपलाईन सञ्चालन गरिएको उनले बताए । ऐतिहासिक गढी दरवार रहेको स्थान नजिक सञ्चालन हुने मकवानपुरगढी जीपलाईन होटल गढी भ्यु एण्ड रिसोर्ट निर्माणमा १५ करोड लगानी रहेको उनले बताए ।

हेटौंडाबाट झण्डै २० किलोमिटरमा रहेको जीपलाईन मकवानपुर जिल्लाको लागि नौलो रहने र यसले चितवन, बारा,पर्सा र रौतहट सहित छिमेकी राष्ट्र भारतका पर्यटकको लागि आकर्षकको केन्द्रविन्दु रहने सञ्चालक श्रेष्ठको दावी रहेको छ ।

पाँच जनाको सयुक्त लगानीमा निर्माण गरिएको उक्त समुहले यस अघि काभ्रेमा पनि सञ्चालन सुरु गरिसकेको छ । १ किलोमिटरको रहेको जीपलाईनमा सिंघल, डवल खेल्न सकिने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*