अनुष्ठानको प्रचारमा मोटर साइकल ¥याली, भोलीबाट भागवत सुरु

१ फाल्गुन २०७६, बिहीबार १७:०२

सिधाखबर \ विश्वको लोपोन्मुख सुचीमा सुचिकृत प्रजाती सालकको संरक्षण संरक्षण र पार्कको प्रवद्र्धनका लागि पार्कमा १००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान २०७६ को अवसरमा विहीबार मोटरसाइकल ¥याली गरि प्रचार गरिएको छ ।

मोटरसाइकल ¥याली हेटौंडाको विभिन्न स्थान परिक्रमा गरि प्रचार गरिएको छ । सालक पार्कबाट सुरु भई चौघडा, हटिया चिसापानी, शिवम सिमेन्ट उद्योग हुदैं पुन सालक पार्कबाट मकवानपुरगढी २ शिकरकटेरीबाट मक्रान्चुली बाट चौघडा पुगेर पुन सालक पार्क सम्म मोटरसाइकल ¥याली गरिएको प्रचारप्रसार संयोजक नवराज न्यौपानेले बताए । ¥यालीमा करिब २ सय जनाको सहभागिता रहेको उनले बताए ।

भोलीबाट सुरु हुने भागवत १० गते सम्म सञ्चालन हुने आयोजक संस्था यज्ञ सम्पादन मुल समारोह समितिका संयोजक एंव चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहालले बताए । भोली विहान कलश यात्रा र १२ बजे अनुष्ठानको समुदघाटन गरिने उनले बताए ।

महाशिव रात्री तथा नेपाल भ्रमण वर्ष २०२०को अवसर पारी आध्यात्मिक चिन्तनद्धारा राष्ट्र,शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्तिका साथै विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि भागवत सञ्चालन गर्न लागेको संयोजक दाहालले बताए । राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख बाचकको रुपमा रहने आयोजकले जनाएको छ ।

सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना समेत गरिने बताइएको छ । २ गते अनुष्ठानको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समुद्घाटन गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*