मकवानपुरगढीमा सञ्चालनमा आयो जिपलाईन

पर्यटक भित्र्याउन जिपलाईनको ठुलो भुमिका रहने : अध्यक्ष हुमागाई
२ फाल्गुन २०७६, शुक्रबार १७:१९

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीपलाइन सञ्चालनमा आएको छ । शुक्रबारबाट मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुजा गरि जीपलाइन प्रयोग गरि सञ्चालनको सुरुवात गरिएको थियो । उनले यो जिपलाईनले पर्यटन भित्र्याउन सहयोग पुग्ने बताए । उनले यसले गर्दा मकवानपुरगढी दरबारलाई पनि मद्दत पुग्ने बताए । रिर्सोट र जिपलाईनले ममकवानपुरगढीलाई जिल्लामात्र नभईन देशभरनै नाम पुग्ने बताएका थिए ।

भ्रमण वर्ष -२०२० लक्षित गरि मकवानपुर जिल्लामा नै पहिलो पटक जीपलाईन सञ्चालन गरिएको सञ्चालक रविकुमार श्रेष्ठले बताए । ऐतिहासिक गढी दरवार रहेको स्थान नजिक सञ्चालन भएको मकवानपुरगढी जीपलाईन, होटल गढी भ्यु एण्ड रिसोर्ट निर्माणमा १५ करोड लगानी रहेको उनले बताएका छन्, । जिपलाईन छिट्टै सञ्चालन गरिएको तर होटल रिसोर्टको निर्माण कार्य धमाधम भइरहेको उनले बताए ।

१७ वटा डिलक्स कोठा सहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल सहित निर्माण हुन लागेको रिसोर्टमा टेन्टमा सुत्ने व्यवस्था, डिजे पार्टी, शुक्रबार मगर तामाङ समुदायको कल्चर देखाउने, बच्चालाई मिनी जिपलाइन समेत निर्माण गरिने श्रेष्ठले बताए । पार्टी प्यालेस सहित बेलुका क्याम्प फायरको पनि व्यवस्था रहने उनले बताए । करिब ३/४ महिनामा निर्माण कार्य सम्पन्न हुने उनले बताए । जिपलाइनलाई फागुन महिनाभर २० प्रतिशत छुट रहने जनाइएको छ । जिपलाईन खेल्न सिंघलको २ हजार, डबलको ३ हजार पाँच सय, र सुपरम्यानको ३ हजार दररेट रहेको जनाइएको छ ।

हेटौंडाबाट झण्डै १८ किलोमिटरमा रहेको जीपलाईन मकवानपुर जिल्लाको लागि नौलो रहने र यसले चितवन, बारा,पर्सा र रौतहट सहित छिमेकी राष्ट्र भारतका पर्यटकको लागि आकर्षकको केन्द्रविन्दु रहने सञ्चालक श्रेष्ठको दाबी रहेको छ ।

दश जनाको सयुक्त लगानीमा निर्माण गरिएको उक्त समुहले यस अघि काभ्रेमा पनि सञ्चालन सुरु गरिसकेको छ । १ किलोमिटरको रहेको जीपलाईनमा सिंघल, डवल सुपरम्यान खेल्न सकिने व्यवस्था रहेको छ ।

कार्यक्रममा मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा ३ का अध्यक्ष भागवत घिमिरे, सञ्चालक दीलिप घिमिरे, सञ्चारकर्मी तथा जिपलाईन पारखीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*