रोयल प्यालेसलाई प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले आइसोलेसन बनाउने

१० चैत्र २०७६, सोमबार १९:०१

सिधाखबर \ हेटौडाको रोयल प्यालेसलाई बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले आइसोलेसन बनाउने भएको छ ।विश्वव्यापी रुपमा कोरोनाको त्रास फैलिएको समयमा हेटौंडामा पनि यसको तयारीमा रहनका लागि आइसोलेसन तयार गर्न लागिएको हो ।

पार्टी प्यालेसका सञ्चालक ध्रुव अधिकारीले कोरोनाको त्रास भएको समयमा सरकारलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आइसोलेसनका लागि प्यालेस दिन लागिएको बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले पार्टी प्यालेसमा आइसोलेसन निर्माण गर्न लागेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । आइसोलेसनका लागि बेड निर्माण, आइसीयु, एसी सहितका थप संरचना भने प्रदेश र स्थानीय तहले निर्माण गर्नेछन् ।

कोरोनाको त्रास रहुन्जेल सम्मका लागि सरकारलाई आइसोलेसनका लागि सहयोग गरेको पार्टी प्यालेसका सञ्चालक अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*