कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी

संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८
३ बैशाख २०७७, बुधबार ०८:५९

कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २६ हजार नाघेको छ । एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ ।

वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्।

समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ।

यहाँ संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ।

अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ। विश्वभर १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

१९ लाख ९७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमित ४ लाख ७८ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन्। चीनमा ७७ हजार ८ सय १६, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*