नेपाली कांग्रेसले गाउँपालिकालाई पक्षपात नगर्न माग सहित ज्ञापनपत्र

४ जेष्ठ २०७७, आईतवार १९:४३

सिधाखबर \ गाउँपालिकाका हरेक क्रियाकलापमा पक्षपात नगर्न नेपाली कांग्रेस मकवानपुरगढी गाउँकार्यसमितिले मकवानपुरगढी गाउँपालिकालाई सचेत गराएको छ । आइतबार गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस मकवानपुरगढीले यस्तो माग गरेको हो ।

कांग्रेसले लकडाउनको समय लम्बिदै जाँदा खाद्य संकट बढेकाले दैनिक ज्याला मजदुर गरेर खाने परिवारलाई तत्काल समानुपातिक र पारदर्शी तरिकाले राहत वितरण गर्न माग गरेको छ ।
लकडाउनका कारण चालु आर्थिक बर्षमा सम्झौता भएका योजनाहरु सम्पन्न गर्न कठिनाई हुने भएकाले यसलाई निरन्तरता दिंदै बजेट थप गरेर आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने वातावरण तयार गर्नुपर्ने, आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दा सर्वपक्षीय संयन्त्रमार्फत युवा, विपन्न वर्ग, महिला, कृषकमुखी बजेट निर्माण गर्नुपर्ने, गाउँपालिकामा चट्याङको जोखिम बढेकाले यसको सुरक्षाको उपाय अवलम्बन र पीडितलाई राहत उपलव्ध गराउनुपर्ने माग समेत कांग्रेसले गरेको छ ।

कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल क्षेत्रीय सदस्य विष्णु न्यौपाने, गाउँपालिका सभापति राजविर मोक्तान, उपसभापति मन्दिरा केसी, गाउँ कार्यसमिति सचिव रामशरण धिताल लगायतको टोलीले अध्यक्ष हुमागाईलाई ज्ञापनपत्र बुझाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*