नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले निर्माण गरेको एप र वेभ एप सार्वजनिक

८ जेष्ठ २०७७, बिहीबार ११:४४

काठमाडौं \ विदेशमा कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले एप र वेभ एप सार्वजनिक गरेको छ । ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकले एप सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण संकलन गर्ने रहेको जनाईएको छ । तथ्यांक संकलनपछि राहत र उद्धारका लागि सरकारसंग पहल गर्ने जनाईएको छ ।

गुगल प्लेटोर (https://play.google.com/store/apps/details?id=com.awesomewalpaper) मा गई डाउनलोड गर्नुपर्ने छ भने (https://www.nepalicongress.org/rescuenepali) मा लगईन गरेर आफ्नो विवरण भर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*