थप ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४५३  पुगे

८ जेष्ठ २०७७, बिहीबार १७:४१


सिधाखबर \ नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्,। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्,।

उनीहरूमध्ये रुपन्देही १  र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३  पुगेको छ। बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*