५१ जना डिलर दाईहरुको कोभिड विमा

९ जेष्ठ २०७७, शुक्रबार १८:३२

सिधाखबर \ मकवानपुर जिल्लाभित्र रहेको ५१ जना डिसहोम (डिजिटल टिभी)का प्रविधिक जसलाई डिलरदाई भनिन्छ उनीहरुको कोभिड -१९ विमा गरिएको छ ।

डिसहोमको मकवानपुरको आधिकारिक विक्रेता श्लोक इलेक्ट्रोनिक्स सप्लार्यसले आफ्ना कर्मचारी र प्राविधिकहरुको कोरोना भाइरस कोभिड-१९स्वास्थ्य विमा गरिएको सप्लार्यसका सञ्चालक शिवराम श्रेष्ठले बताए । फिल्डमा कार्यरत डिलर दाईहरु कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा उनीहरुलाई आत्मबल पुगोस् भनी विमा गरिदिएको श्रेष्ठ बताउछन्, ।

जिल्लामा कर्मचारी र प्राविधिक गरि ५१ जनाको नेशनल ईन्स्योरेन्स कम्पनीमार्फत विमा गरिएको छ । आफुले सप्लार्यसको तर्फबाट प्रत्येक विमितको विमाङ्क रकम एक लाख बराबरको विमा गरिएको उनले बताए । विमा कम्पनीका शाखा प्रवन्धक विमल बास्कोटाले विमा पोलिसी हस्तान्तरण गरेका थिए ।

कोरोनाको प्रकोपको बेला मर्मत तथा सम्भारको लागि फिल्डमा खटिनुपर्ने अवस्थामा कोरोना भाइरस संक्रमणको जोखिम रहने हुदाँ प्राविधिकहरु जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहेको सञ्चालक श्रेष्ठ बताउछन्, ।

फोन सम्र्पकको भरमा डिसहोम मर्मत मात्र नभई विक्री वितरण पनि भइरहेको उपभोक्तालाई जानकारी गराउदै संचालक श्रेष्ठ भन्छन्, कोरोनाबाट बच्न घरमा बसौं, लकडाउनको पुर्ण रुपमा पालना गरौं र स्वस्थ रहौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*