नारायणी मलका पसलको भाडामा छुट दिने सञ्चालकको घोषणा

१९ असार २०७७, शुक्रबार १६:२९

सिधाखबर \ विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि सरकारले देशलाई लकडाउन गरेपछि व्यापार व्यवसाय बन्द भएकाले हेटौंडा ४ मा रहेको नारायणी मलमा संचालित पसलहरुलाई घरभाडामा छुट गरिने भएको छ ।

नारायणी मल आचार्य प्लाजा प्रा.लिमा संचालित पसलहरुलाई घरभाडामा केही प्रतिशत छुट गरिने संचालक नवराज आचार्यले सिधाखबरलाई बताएका छन्, ।

उनले कोरोना रोक्न गरिएको लकडाउनले गर्दा व्यापार व्यवसाय चलाउँन नपाएपछि व्यापार व्यवसाय गर्नेहरुको आर्थिक कारोबार समेत बिग्रिएका कारण मलमा संचालित सम्पुर्ण पसलहरुलाई सटरको भाडा रकम १ महिनाको र तिर्दै आएको भाडा रकममा ५ प्रतिशतका दरले १२ महिना सम्मका लागि छुट गरिने बताए ।

कोरोना कहरको समस्या समाधान गर्न नसकेपनि व्यवसाय गर्नेहरुलाई थोरै भएपनि आर्थिक सहज होस भन्ने हेतुले छुट गर्न लागेको बताएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*