गायक हिमाल सागर पनि नायक बन्ने दौडमा

२८ असार २०७७, आईतवार १२:५४

गायक हिमाल सागर पनि नायक बन्ने दौडमा देखिएकाछन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले दर्शक र श्रोताको चाहनालाई मध्यनजर गर्दै चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘धेरै दर्शक र श्रोताहरुको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्ने गरी चलचित्र खेल्ने पक्का ।’ उनले चलचित्रको अन्य जानकारी भने दिएका छैनन् ।

सांगीतिक दुनियाँमा चम्किएका अनुहारहरुको चलचित्रमा प्रवेश बढ्दो छ । यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राईलगायत गायकसँगै चलचित्रको हिरो पनि भइसकेका छन् । तर, कसैलाई चलचित्र अभिनय भने फापेको दृखिदैन । गायक नायकको रुपमा सफल भएका कमै उदाहरण छन् । गायन पेशाबाट ठूलो पर्दाको हिरो हुने भीडमा प्रकाश सपुत, नितेशजंग कुँवर र प्रेम परियार पनि थपिँदैछन् । चलचित्रमा असफल गायकहरुको लाममा उनीहरु अपवाद बन्न सक्लान् या के होलान त्यो भने भबिष्यले बताउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*