बागमती प्रदेशमा १ हजार १०६ जनामा कोरोना, ५२६ जना निको भए

१७ श्रावण २०७७, शनिबार ०७:३६

सिधाखबर \ बागमती प्रदेशमा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

काठमाडौंमा ३२ जना, ललितपुरमा ५, नुवाकोटमा २ भक्तपुर १ जना गरी ४० जना संक्रमित थपिएको बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोतम राज सोढाईले बताए ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १०६ पुगेको छ । जसमध्ये महिला २७.०८ प्रतिशत र पुरुष ७२.०२ प्रतिशत रहेका छन्, भने २१ देखी ५० बर्ष उमेर समुहका महिला तथा पुरुषमा संक्रमण भएको डा. सेढाईले बताए ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये ५२६ जना निको भएका छन्, भने १० जनाले ज्यान गुमाएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*