२१ भाद्र २०७७, आईतवार १४:११
September 25, 2020

फोनिज मकवानपुरद्वारा कोरोना संक्रमित जनजाति पत्रकारहरुलाई स्वास्थ्यवद्र्धक सामाग्री सहयोग

२१ भाद्र २०७७, आईतवार १४:११

हेटौंडा \ आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरद्वारा जिल्लामा कोरोना संक्रमित जनजाति पत्रकारहरुलाई आइतबार स्वास्थ्यवद्र्धक सामाग्रीहरु सहयोग गरेको छ । हेटौंडा गौरीटार आइशोलेसनमा रहेको एक जना र निको भएर घर पुगेका एकजनालाई स्वास्थ्यवद्र्धक औषधिहरु भिटामिन, च्यवनप्राश, स्यानिटाइजर,मास्क लगायतको सामाग्रीहरु सहयोग गरिएको हो ।

थप एक जना निको भएर घर फर्किएकोमा उनलाई पनि स्वास्थ्य तथा शारीरिक शक्तिवद्र्धक खाद्य सामाग्रीहरु सहयोग गरिने फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरले बताए ।

मकवानपुरमा विभिन्न सञ्चार माध्यममा कार्यरत ३ जना आदिवासी जनजाति पत्रकारहरुलाई कोरोना संक्रमण भएकोमा २ जना निको भएर घर फर्किसकेका छन भने एक जना हाल गौरीटार आइसोलेशनमा रहेककाछन् । सहयोग हस्तान्तरणका क्रममा फोनिज मकवानपुरका सचिव नवराज वाईबा तथा जिल्ला कमिटी सदस्य सन्देश थिङको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*