२९ भाद्र २०७७, सोमबार १६:२५
September 25, 2020

नेपालमा थप ११७० जना नयाँ संक्रमित थपिए

२९ भाद्र २०७७, सोमबार १६:२५

काठमाडौं \ बितेको २४ घण्टामा देशभर थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३९,५७६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३६० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*