९ आश्विन २०७७, शुक्रबार १७:१९
October 28, 2020

नेपालमा थप १३१३ जना नयाँ कोरोना संक्रमित थपिए

९ आश्विन २०७७, शुक्रबार १७:१९

काठमाडौं \ वितेको २४ घण्टामा देशभर थप १३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १४५५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४५९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*