• २०७७ माघ १४, बुधबार
  • यो बर्षको “बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ गायिका दाबा ल्याल्मोलाई

    १५ पुष २०७७, बुधबार १७:११

    हेटौँडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गर्नु भएको “बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट यो बर्ष भारत दाजर्लिङ निवासी वरिष्ठ गायिका दाबा ल्याल्मोज्यूलाई प्रदान गरीने भएको छ । बुधबार हेटौडामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिठानले यो बर्षको पुरस्कार घोषणा गरेको हो । बिसं २०६४ सालमा स्थापना भएको नगद १ लाख राशिको यो पुरस्कारबाट यसअघि अम्बर गुरुङ–२०६४,प्रेमध्वज प्रधान–२०६५,भक्तराज आचार्य–२०६६,फत्तेमान राजभण्डारी–२०६७,शान्ति ठटाल–२०६८,प्रकाश श्रेष्ठ–२०६९,दीप श्रेष्ठ–२०७०,न्हुच्छे बहादुर डंगोल २०७१ ९नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र०,मीरा राणा–२०७२,कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई प्रदान गरीएको थियो ।

    बरिष्ठत्तमका आधारमा नेपाल र नेपाल बाहिर रहेर सङ्गीत क्षेत्रमा लागेका बरिष्ठ गायक गायिकाहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरीदै आएको छ । गत बर्ष कोरोना भाईरसका कारण र २०७५ मा प्रबिधिक कारण पुरस्कार बितरण गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताउनु भयो । यो बर्षको पुरस्कार आगामी माघ १७ गते शनिवारका दिन रिगल हेटौँडा रिसोर्टमा विशेष साङ्गीतिक कार्यक्रमका साथ १२ औँ संस्करण गरीने अध्यक्ष आचार्यले पत्रकार सम्मेलनमा बताउनु भयो । साथै यसै बर्षदेखी समारोहमा प्रतिष्ठानले पहिलोपटक रु। २० हजार राशिको भीम विराग सङ्गीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको साङ्गीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गर्ने बताएको छ ।

    भीम विराग सङ्गीत युवा पुरस्कारलाई प्रतिष्ठानका सल्लाहाकार प्रकाश सायमीले यसै बर्षबाट स्थापना गर्नु भएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्व अध्यक्ष तुलसी थापा,पुर्ब माहासचिब शुसिला मानन्धर,समाजसेबी मुक्तीगोबिन्ध बैध्य,उपाध्यक्ष विष्णुगोपाल महर्जन,मउबासंघका बरिष्ठ उपाध्यक्ष माधब नयौपाने लगाएत बिधिन्न संचार माध्याममा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो । वरिष्ठ कला साधक,कवि एवम् गीतकार भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप, भाषा,साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यका साथ बिसं २०५९ सालमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालको स्थापना भएको थियो । प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, सङ्गीत, साँस्कृतिक र कलाका क्षेत्रमा १० वटा पुरस्कारको व्यवस्थापन गर्दै आइरहेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *