• २०७७ माघ १४, बुधबार
  • अमेरिकी संसदमा भएको हिंस्रक झडपमा मृतकको संख्या ४ पुग्यो

    २३ पुष २०७७, बिहीबार १२:५०

    अमेरिकी संसदमा भएको हिंस्रक झडपमा मृतकको संख्या ४ चार पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले जनाएको छ । एक महिलाको संसद् भवनमै गोली लागेर मृत्यु भएको हो। अरू एक महिला तथा दुई पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन्। ।

    अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कफ्र्यू रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको छ। मृत्यु हुनेमा एक नाभी अफिसरको पनि छन्। डिसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन्। बिहान ६ बजेसम्म कफ्र्यू आदेश गरिए पनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन्। । राजधानीमा भएको झडपमा १४ सुरक्षाकर्मी घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढीलाई पक्राउ गरेको छ । त्यसमध्ये ४७ जना कफ्र्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन्।थाहा खबरबाट

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *