नेपालमा थप ४३० जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९३२ जना पुगेको छ ।