• २०७७ माघ १४, बुधबार
  • नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापतिमा सुमार्गी चयन

    २९ पुष २०७७, बुधबार १०:५३

    नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापतिमा व्यवसायी, रेडियो थाहासन्चारका सन्चालक अरुणराज सुमार्गी चयन हुनुभएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका कार्यकारिणी सदस्य सुमार्गीलाई केन्द्रको सभापतिमा मनोनय गरेको पत्र हिजो हस्तान्तरण गर्दै महासंघका अध्यक्ष गोल्छा, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थितमा पदभार पनि ग्रहण गराउनुभएको छ । लामो समयपछि सुमार्गीले केन्द्रको सभापतिको जिम्मेवारी पाउनुभएको छ ।

    यूएसएआईडी, अर्थ मन्त्रालय, कृषि मन्त्रालय लगायतका कार्यक्रमहरु जिल्ला तहमा सञ्चालन गर्ने जिम्मेवारी यो केन्द्रमार्फत हुने भएकाले केन्द्रको सभापति बन्ने दौडमा धेरै सदस्यहरु रहेका थिए । तर, सुमार्गीले आफूलाई योग्य रहेको बताउँदै सभापतिमा दाबी गर्दै आउनुभएको थियो । पदभार ग्रहण पश्चात सभापति सुमार्गीले हरेक तीन महिनामा केन्द्रले गरेका गतिविधि बुलेटिनमार्फत प्रकाशन गरिने प्रतिवद्धता जनाउनुभएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *