• २०७७ फाल्गुण १५, शनिबार
  • कामधेनु सहकारीको साधारणसभा सुरु

    ८ माघ २०७७, बिहीबार ०९:५२

    हेटौँडा \  हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औ वार्षिक साधारण सभा सुरु भएको छ। आजबाट ३ दिन सम्म चल्ने वार्षिक साधारणसभाको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक समिति सदस्य हिमाल पौडेलले उदघाटन गरेका थिए।

    सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको सभाध्यक्षता भएको उदघाटन कार्यक्रममा सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल, सहकारीका लेखा संयोजक केदार गौतम, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ६ का अध्यक्ष केशव धिताल, बाल जागृती युवा वर्ष मावि हेटौँडा ६ का प्रधानाध्यापक गोपाल चन्द्र भट्टराई सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

    सहकारीका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवेदन, सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन,ॠण उप समिति संयोजक उदयप्रकाश दहाल र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कोभिड-१९ को जोखिम कायम रहेकोले बिहिबारबाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन हुने सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्। सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *