• २०७७ फाल्गुण २२, शनिबार
  • आफ्नै खर्चमा विद्यार्थीलाई न्यानो कपडा बाँड्दै युवा नेता श्रेष्ठ

    १४ माघ २०७७, बुधबार १७:३६

    सिधाखबर  \ हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी तथा कांग्रेस युवा नेता विकेशलाल श्रेष्ठले आफ्नो निजि लगानीमा मकवानपुरको विकट गाउँको १ सय जना स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन्।

    विकेशलालले मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ कालिकाटार जेदुङ्ग भण्डारमा रहेको श्री ऋषेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।
    उक्त भेगमा अत्याधिक चिसो हुने र विद्यालयका विद्यार्थीलाई चिसो याममा पढ्न आउनका लागि राहत होस भन्ने उदेश्यले अाफ्नै खर्चमा करिब ५० हजार बराबरको न्यानो कपडा वितरण गरिएको विकेशलाल श्रेष्ठले बताए।
    झन्डै हेटौँडा बाट ३ घण्टाको दुरीमा रहेको उक्त विद्यालयमा पुगेर बुधबार श्रेष्ठ आफैले विद्यालयका प्रधानाध्यापक सम्झना भट्टको उपस्थितिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
    न्यानो कपडा वितरण पश्चात् विद्यालयकी प्रधानाध्यापक भट्टले श्रेष्ठको सहयोग र उनले विद्यालय प्रति देखाएको सद्भाव साच्चै सम्मानयोग्य भएको बताइन।
    न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा २ “ख” प्रदेशसभा क्षेत्रीय सभापति लोक मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो। न्यानाे कपडा पाए पछि बिद्यार्थीहरुमा खुसी छाएकाे अनुभव गरेँ र अाफु पनि सामाजिक काम गरिएकोले मन प्रशन्न भएको श्रेष्ठ बताउछन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *