• २०७७ फाल्गुण २३, आइतबार
  • बैठक स्थगित गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण

    ६ फाल्गुन २०७७, बिहीबार ०७:२४

    हेटौंडा \  बुधबार बस्ने तय भएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारि विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो ।

    विज्ञप्तिमा बागमती प्रदेशको फाल्गुण ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएकोमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

    राजनीतिक सहमतिका लागि अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र  सत्तापक्षसंग मंगलबार प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा संचालन गर्ने सहमति भएकोमा यस विपरित विहान सूचना टाँसेर स्थगित गरेकोमा नेपाली कांग्रेसले असहमति जनाएको छ ।

    IMG-eb7588fc53c803479f5bf-1613567978.jpg

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *